SEE-२०८२ मा सिटी स्कुलको उत्कृष्ट सफलता, कैलालीमै बन्यो शैक्षिक आकर्षण

हेमा भट्ट, बैशाख २९
सिटी स्कुल ले SEE-२०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै कैलालीको शैक्षिक क्षेत्रमा आफ्नो गुणस्तरीय पहिचानलाई थप मजबुत बनाएको छ। विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट GPA ल्याउँदै विद्यालय, अभिभावक तथा समग्र धनगढी क्षेत्रलाई गौरवान्वित बनाएका छन्।

यस वर्षको SEE परीक्षामा उज्वल कडायतले ३.७० GPA, सृर्जन बहादुर शाहीले ३.६६ GPA तथा गीता कुमारी साउदले ३.६५ GPA प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेका छन्। त्यसैगरी योगेश खड्का, खुशी गुप्ता, सुस्मिता बलायर, राज कार्की, सुमन खड्का, आयुष्मा कुँवर, शोभित कटुवाल, विष्णुराज जोशी, विशाल बोगटी, रोहन महरा, संस्कार शर्मा, कृष्ण सिंह बोहरा, महेश बम, अमन अन्सारी र नितेश चौधरी लगायतका विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा ल्याएका छन्।

विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूको अथक मेहनत, अनुभवी शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको निरन्तर सहयोगकै कारण यस्तो गौरवपूर्ण उपलब्धि हासिल सम्भव भएको हो। आधुनिक शिक्षण पद्धति, अनुशासित वातावरण र व्यवहारिक शिक्षामा जोड दिँदै आएको सिटी स्कुलले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

“भविष्यलाई आकार दिँदै, भोलि निर्माण गर्दै” भन्ने नारालाई आत्मसात गरेको सिटी स्कुलले गुणस्तरीय शिक्षामार्फत विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निरन्तर योगदान दिँदै आएको भन्दै स्थानीय समुदायले विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply