धनगढी-१३ राजपुरमा शनिबारदेखि ‘लक्ष्मी कलेक्सन’:एउटै छानामुनि परिवारका लागि आवश्यक सामग्री

हेमा भट्ट
धनगढी- धनगढी उपमहानगरपालिका-१३ राजपुरमा ‘लक्ष्मी कलेक्सन’को असोज ९ गते शनिबार बिहान ९ बजे विशेष पाहुनाको उपस्थितिमा भव्य उद्घाटन हुने भएको छ।

राष्ट्रिय कलाकारसमेत रहेकी प्रो. राजकुमारी रानाद्वारा सञ्चालनमा ल्याइएको कलेक्सनमा महिला, पुरुष तथा बालबालिकाका आकर्षक कपडा, जुत्ता, चप्पल र स्कुल ब्याग सुपथ मूल्यमा उपलब्ध हुने जनाइएको छ।
गुणस्तरीय सामग्री, आकर्षक डिजाइन र उचित मूल्यलाई प्राथमिकता दिँदै सञ्चालनमा आउन लागेको लक्ष्मी कलेक्सनले ग्राहकलाई परिवारका लागि आवश्यक सामग्री एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्य लिएको सञ्चालक रानाले बताइन्।

उद्घाटन अवसरमा विशेष पाहुनाको सहभागितासहित विभिन्न आकर्षक कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ।
स्थान:धनगढी-१३, राजपुर, कैलाली
सम्पर्क: ९८१५६२०८७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *