कात्तिक १८ गते । तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायका सदस्यलाई माटोका दियो (पाला) बनाउन भ्याइनभ्याइ भएको छ।
भक्तपुर नगरपालिका–४ पोर्टरी स्क्वायरमा पुस्तौँदेखि माटाका भाँडा बनाउँदै आएका प्रजापति परिवार यतिबेला तिहारमा प्रयोग हुने पाला बनाउन व्यस्त छन्। परिवारका सबै सदस्य उत्पादनमा जुटेका छन्।
तिहारमा घर–आँगन उज्यालो बनाउन माटोका पालामा तेल वा घ्यू राखेर बत्ती बाल्ने परम्परा छ। प्रजापति समुदायले तयार गरेका पाला प्रतिदर्जन ४० रुपैयाँमा बिक्री गर्दै आएका छन्।
