कात्तिक १८ गते । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। नेप्से १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको हो।
परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएकामा बुधबार ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस दिन ३५८ वटा धितोपत्रका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता सेयर कारोबार भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये ९८ वटाको मूल्य बढेको छ भने १७१ वटाको घटेको छ। नौ कम्पनीको मूल्य स्थिर रहेको छ।
नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेर प्रतिकित्ता ९२१ रुपैयाँ ७० पैसा पुगेको छ। हिमालयन रिइन्स्योरेन्सको मूल्य पनि ११.४८ प्रतिशतले बढेर ५३४ रुपैयाँ कायम भएको छ।
यता, सिभिल बैंक डिबेन्चर २०८८ को मूल्य सर्वाधिक ६.३४ प्रतिशतले घटेको छ। शिखर पावरको मूल्य ३.७४ प्रतिशतले घटेर प्रतिकित्ता ५१५ रुपैयाँमा झरेको छ।
कारोबार रकमका आधारमा स्वेत गंगा हाइड्रोपावर अग्रस्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ३३३ रुपैयाँका दरले ८५ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो स्थानमा रहेको घोराही सिमेन्टको ५१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बुधबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूह बढेका छन् भने नौ समूह घटेका छन्। अन्य समूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढेको छ।
