कात्तिक २३ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा पोखराका कप्तानले ब्याटिङ रोजेका हुन्।
पोखराले यसअघि खेलेका चारवटै खेलमा हार बेहोरेको छ। टोली सुदूरपश्चिमसँग ६ विकेट, जनकपुरसँग नौ रन, लुम्बिनीसँग आठ विकेट र चितवनसँग ३० रनले पराजित भएको थियो।
चार खेल खेलेको कर्णाली याक्सले भने दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ। पोखराविरुद्ध जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ कर्णाली मैदानमा उत्रिएको छ।
