लगातार तेस्रो दिन घट्यो सुनचाँदीको मूल्य

कात्तिक ३० गते । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले घटेर दुई लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस दिन पनि सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले घटेको छ । आइतबार तीन हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला तीन हजार ५२० रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔँस तीन हजार ८७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *