२२ सय मेट्रेिक टन युरिया आवस्यक रहेकोमा ८२७ मेट्रेिक टन मात्रै आपूर्ति हुन सकेको
धनबहादुर बिक
पुनर्वास ११ मंसिर
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासका किसानले खेतीपातीका लागि आवश्यक रासायनिक मलको अभाव झेल्नुपरेको छ। पर्याप्त मल नपाउँदा किसानहरू समस्यामा परेका छन्। एक कट्टाभन्दा बढी मल आवश्यक पर्ने किसानले समेत दुई दिनसम्म लाइनमा बस्दा २५ किलोभन्दा बढी मल पाउन नसकेको गुनासो गरेका छन्।
मल लिन सहकारीमा बिहानैदेखि किसानहरूको लाम लाग्ने गरेको छ। लामो समयसम्म लाइनमा बस्दा पनि आवश्यकताअनुसार मल नपाएपछि खेतीपाती प्रभावित हुने चिन्ताले किसानहरू थप समस्यामा परेका छन्।
पुनर्वास नगरपालिका कृषि शाखा ले दिएको जानकारी अनुसार पुनर्वास मा जम्मा कृषक परिवार सङ्ख्या १० हजार ८११रहेका छन भने खेति योग्य जग्गा ५ हजार ९२७ हेक्टर रहेको छ । पुनर्वास का विभिन्न सहकारी तथा निजि व्यवसाय एग्रोभेट गरि २२ वटा शाखा बाट किसानलाई मल बिक्री गर्ने गरिएको छ । सुदूरपश्चिम धनगढी स्थित कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ ले रसायनिक मल पठाउने गरेको छ ।
पुनर्वास नगरपालिका कृषि शाखा प्रमुख ललिता चौधरी का अनुसार पुनर्वास खेति योग्य जमिन अनुसार बार्षिक २२ सय मेट्रिक टन माग गरिएको मा पुनर्वास का लागि ८२७ मेट्रिक युरिया टन आउने गरेको छ त्यसतै ११ सय मेट्रिक टन माग गरिएको डिएपि मल १३१ मेट्रिक टन आउने गरेको तथा ६५० मेट्रिक टन पोटास माग गरिएकोमा प्राप्त नभएको जानकारी आएको छ ।
पुनर्वास का लागि प्रयाप्त मात्रामा रसायनिक मल आपूर्ति हुन नसक्दा किसान लाई मलको अभाव हसने गरेको छ ।
विगतमा परम्परागत धान मकै गहुँ खेति मात्रै लगाउदै आएकोमा केही बर्ष यता परम्परागत तथा केही नगदे बाली गरि बर्षमा ४ खेति सम्म लगाउने गरेकाले पनि मल आपूर्तिमा समस्या हुन गएको कृषि शाखा सहायक प्राविधिक उदयराज ओझा बताउँछन् ।
चार कट्टा युरिया चाहिएको थियो १कट्टा मात्रै पाएयो ४ बिगाहा मा गहुँ बालि लगाउदै आएका पुनर्वास नगरपालिका ७ पराशनका कृषक रमेश राना बताउँछन् ।
जहिले पनि खेति लगाउने बेलामा मलको अभाव भईरहन्छ पुनर्वास १ का कृषक गोविन्द गौतमले दुखेसो पोखे ।
आवस्यकता अनुसार सरकारले समयमै रसायनिक मलको आपूर्ति पूरा गर्नुपर्ने किसानहरूले माग गरेका छन ।
कृषि प्रधान देश नेपाल मा किसानलाई मलको अभाव हुनु निकै दुखको कुरा भएको किसान हरूले गुनासो गरेका छन ।

