कञ्चनपुरको महेन्द्रनगर होल्डिङ्ग सेन्टर संचालमा अन्यौलता

कञ्चनपुरको महेन्द्रनगर स्थित भगतपुरमा निर्माण भएको होल्डिङ्ग सेन्टर निर्माण कार्य सम्पन्न भएको डेढ बर्ष वितिसक्दा पनि संचालनमा आएको छैन ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले नेपाली सेनालाई दिएको जिम्मा अनुरुप हनुमान कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको थियो । निर्माण कम्पनीले ०७८ चैत्रमा निर्माण सम्पन्न भएको जनाएको छ । ३ असार ०७८ मा सम्झौता गरी २ भदौँ ०७८ मा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि सात महिनापछि ०७८ चैत्र मसान्तमै काम सम्पन्न गरेको थियो । अहिले क्वारेन्टाईन रेखदेखका सेनाको जिम्ममा छन ।

कुल २९ करोड, २४ लाख, ९९ हजार ८ सय १५ रुपैयामा मुल्य अभिबृद्धिकर सहित सम्झौता भएको थियो । आधुनिक प्रविधिबाट २२ ट्रष्ट सहित शौचालय, भन्सा घर निर्माण भएका छन । करिब ४ विगाह क्षेत्रफलमा निर्माण भएका हरेक ट्रष्टमा ५० जना क्षमताका दरले २० ट्रष्टमा एक हजार र २ ट्रष्टमा चिकित्सक, स्वास्थ्यकर्मी एव स्वास्थ्य उपकरण राखिने छन । होल्डिङ्गसेन्टरको चारैतिर तारबार गरिएको छ । निर्माण सम्पन्न भएको भएको १८ महिना वितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन । प्रत्यक्ष नेपाली सेना मार्फत भीमदत्त नगरपालिका १८ सालघारीमा निर्माण भएको होल्डिङ्ग सेक्टर निर्माण पुरा हुँदा समेत हस्तान्तरण हुन सकेको छैन ।

निर्माण कम्पनीले अघिल्लो चैत्रमै पुरै काम सकेर पनि भुक्तानी लिईसकेको अवस्थामा सरकारले आफ्नो जिम्ममा नलिदा संचालनमा अन्यौतता छाएको छ । होल्डिङ्ग सेन्टर निर्माणको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सन प्रालिका म्यानेजर लक्ष्मण सापकोटाले गत चैत्रमै निर्माण सम्पन्नभएको होल्डिङ्ग सेन्टर हस्तान्तरणमा समस्या भएको बताए । ‘हामीले गत चैत्रमै पुरै निर्माण गरिसकेका थियौँ, ‘उनले भने, ‘बुझिदिने निकाय भएनन, स्थानीय सरकार, सेना कसलाई बुझाउने हामी अन्यौलमा छौँ ।’ स्थानीय, प्रदेश र संघीय सरकारका अधिकारीले उक्त क्वारेन्टाईन पटक पटक स्थलगत अनुगमन गरेपनि संचालनको स्पष्ट खाका आईसकेको छैन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रंशाद अधिकारीले क्वारेन्टाईन प्रयोगमा नआएको बताए । ‘रक्षा मन्त्रालयका सह सचिव नेतृत्वमा प्रयोगका लागि एउटा कार्यदल बनाईएको छ, ‘प्रजिअ अधिकारीले भने, ‘क्वारेन्टाईन संचालन एव अन्य प्रयोजनका लागि अध्ययन भईरहेको बुझिन्छ, यो महामारीकै बेला प्रयोगमा ल्याउन बनाईएको हो ।’

कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतसंग सीमा जोडिएका जिल्लामा होल्डिङ्गसेन्टर निर्माण अन्र्तरगत कञ्चनपुरमा समेत एक हजार मानिस हटाउने क्षमताको होल्डिङ्गसेन्टर निर्माण गरेको थियो । भगतपुरमा निर्माण भएको होल्डिङ्ग सेन्टर बहुउपयोग सम्भाव्यता अध्ययनका लागि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी नेतृत्वको संयोजकत्वमा गठन भएको उप समितिले संचालन उपभोगका लागि चार विकल्प दिएको थियो ।

पहिलो विकल्प कुल होल्डिङ्ग सेन्टरको २५ प्रतिशत क्षेत्र विपद् व्यवस्थापन केन्द्र होल्डिङ्ग सेन्टरका बनाउने, दोस्रो विकल्प जिल्लाका लागु औषध दुव्र्यसनी बढेकाले लागु औषध प्रयोगकर्ताका लागि सुुधार गृह बनाउने, तेस्रो विकल्प कुष्टरोगीका लागि ट्रष्ट विधीबाट उपचार गर्न सेन्टर बनाउन,े चौथो विकल्प विपद् तथा दङगा नियन्त्रणका लागि दङगा प्रहरीलाई दिने, विपद् व्यवस्थापन केन्द्र, लागु औषध दुव्र्यसनी नियन्त्रण गर्न र कुष्टरोगीका लागि उपचार केन्द्र बनाउने विषयमा संघीय वा प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने गरी विकल्प अघि सारिएका थिए ।

‘हामीले गत बर्ष रक्षा मन्त्रालयका सह सचिव बाबुराम अधिकारीको मुल समितिलाई चार विकल्प राखेर प्रतिवेदन केन्द्रमा पठाएका थियौँ, ‘कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा उप समिति संयोजक धर्मराज जोशीले भने, ‘हामीले जिल्लाबाट पठाएको चारै विकल्प मध्ये के भएको छ, भन्ने बारेमा एकिन जानकारी आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply