खाली खुट्टा हिँडेर न्याय मार्च गर्दै मिटरब्याज पीडित

फागुन १५ धनगढी
मिटरब्याज पीडितहरूले सुन्धारा वरिपरि खाली खुट्टा हिँडेर मिटरब्याज विरूद्धको न्याय मार्च गर्ने भएका छन्।

मिटरब्याज पीडितहरूले भृकुटीमण्डप, भद्रकाली, सुन्धारा हुँदै शान्तिवाटिका पार्कमा विरोध सभा गरेर भृकुटीमण्डप फर्किने तयारी गरेका छन्।

उनीहरूले उक्त कार्यक्रम सोमबार गर्ने तयारी गरेका थिए। तर भृकुटीमण्डपमा बस्न नदिने भनेपछि उनीहरू कतै पनि गएनन्।

मंगलबार बिहान भृकुटीमण्डपमा बस्न पाउने भएसँगै मिटरब्याज विरूद्धको कार्यक्रमहरू सुरू गरेको मिटर ब्याज तथा ठगीविरूद्ध किसान-मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिए।

‘भृकुटीमण्डपको भवनमा १८ गतेदेखि एक्स्पो हुन लागेको रहेछ, सोही सञ्चालक समितिले भवनको एक कुनामा बस्ने मिल्ने बताएका छन्,’ उनले भने।

भृकुटीमण्डपमा बस्न मिल्ने भनेसँगै अब सरकारसँग पनि वार्तामा जाने तयारी भइरहेको उनले जानकारी दिए।

उनीहरू माघ १६ गतेदेखि हिँड्दै-हिँड्दै शुक्रबार काठमाडौं आइपुगेका थिए। उनीहरू आफूले न्याय नपाएसम्म नफर्किने अडानमा छन्।

यो पनि:

१२ सय जनालाई २५ दिन हिँडाएर काठमाडौं ल्याउने नेता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply