मिटरब्याज पीडितहरूका लागि बस्नका लागि टहरा बनाइने

फागुन १५ धनगढी
मिटरब्याज पीडितहरूका लागि बस्नका लागि टहरा बनाइने भएको छ।

भृकुटीमण्डपमा नछोड्ने अडानमा बसेपछि उनीहरूलाई खुल्ला चउरमा टहरा बनाइदिन लागिएको हो।

फागुन १८ गतेदेखि भृकुटीमण्डपमा एक्स्पो हुँदैछ।

सोहीकारण त्यहाँ विभिन्न स्टलहरू राख्नुपर्ने भएपछि आफूहरूले उक्त ठाउँ छोड्नुपरेको मिटरब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितका प्रवक्ता निर्ग नविनले जानकारी दिए।

‘उहाँहरूले एउटा टहरो बनाइदिइसक्नु भयो, अर्को बनाउँदै हुनुहुन्छ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी र प्रहरीको अनुरोधमा आफूहरू सरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply