मोरङमा टिपरको ठक्करबाट बोलेरोमा सवार तीन जनाको मृत्यु

फागुन १८ धनगढी
मोरङमा टिपरको ठक्करबाट बोलेरोमा सवार तीन जनाको मृत्यु भएको छ।

आज बिहान मोरङको बेलबारी नगरपालिका- ३ पुरानो मालपोत अगाडि प्रदेश १ ख ९६७६ नम्बरक टिपरले मे १ ज २८५६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए।

डिएसपी दाहालका अनुसार टिपरको ठक्करबाट बोलेरो उछिट्टिएर प्रदेश ३ ००१ ख २७१८ नम्बरको बसमा ठोक्किएको थियो।

दुर्घटनाबाट बोलेरोमा सवार कमल गाउँपालिका-२ झापाका ५२ वर्षीय यदुकान्त भट्टराई, सोही ठाउँका ४४ वर्षीया गीता खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको छ।

सोही ठाउँका ४८ वर्षीया गायत्री भट्टराई र ४६ वर्षीय हरी खनाल घाइते भएको डिएसपी दाहालले जानकारी दिए। उनीहरूको अवस्था गम्भीर रहेको र विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply