एमाले नेताहरुलाई कृष्णपुरबाट उपलब्ध गराएको आर्थिक भौतिक सहयोग सार्वजनिक गर्न माग

२२ फागुन धनगढी
नेकपा एमाले कञ्चनपुरका एक युवा नेताले कृष्णपुर स्थानीय सरकारले एमाले नेताहरुलाई हालसम्म उपलब्ध गराएको आर्थिक भौतिक सहयोगको विवरण माग अघि सारेका छन । एमाले कृष्णपुरका स्थानीय नेता समेत रहेका बमले हालसम्म कृष्णपुर स्थानीय सरकारले एमाले नेताहरुलाई हालसम्म उपलब्ध गराएको आर्थिक भौतिक सहयोगको विवरण माग अघि सारेका हुन ।

नेता बमले अहिलेसम्म कृष्णपुर नगरपालिकाले नेकपा एमालेलाई उपलब्ध गराएको विभिन्न प्रकारको जस्तोसुकै प्रकारको सहयोग गरेको सार्वजनिक गरिदिनहुन जनप्रतिनिधिहरूलाई अनुरोध गरेका हुन । उनले कृष्णपुरका केही एमाले नेता कार्यकर्ताहरुलाई स्थानीय सरकारले ईन्धन दिएर गुमराहमा राखेको दावि गरेका छन । नेता बमले समाजिक सञ्जाल मार्फत कृष्णपुरका केही एमाले नेता कार्यकर्ताहरुलाई स्थानीय सरकारले ईन्धन दिएर गुमराहमा राखेको दावि गरेका हुन ।

एमाले नेता बमले समाजिक सञ्जाल आफ्नो फेसबुक मार्फत यस्तो लेखेका छन हुँबहु ः ‘हाम्रो पालिका कृष्णपुर नगरपालिका को कार्यालय कृष्णपुर नगरपालिका वार्ड नं ५ गुलरिया कञ्चनपुरले हाम्रो पार्टी नेकपा एमाले पार्टीका ठूला हुँ, भन्ने नेताहरुलाई इन्धन इत्यादि दिएर नेकपा एमाले पार्टीलाई हामीले किनेको अथवा आफू अनुकूल चलाउनको लागि सहयोग गरेका छौं, ‘भनेर नेकपा एमाले पार्टीप्रति आस्था राख्ने नेकपा एमालेका सच्चा सिपाहीहरुलाई भ्रमित गराएर निरुत्साहित गर्न खोजेको देखिन्छ ।’

एमाले कसैको प्राइभेट कम्पनी नभएको हुनाले यस्तो भ्रममा परेर एमालेका सच्चा सिपाहीलाई दुई चार जना पेट पाल्ने दलालहरूको पेट भरि एमालेलाई किन्ने प्रयास स्थानीय सरकारले नगरेकै बेस होला भनेका छन । बरु निमुखा आम जनसमुदायको पक्षमा काम गरी जनताको पिर मर्कामा मलम लगाउन स्थानीय सरकारलाई अनुरोध गरेका छन । एमाले नेता बमले नै एमालेकै नेताहरुलाई स्थानीय सरकारबाट उपलब्ध गराएको सहयोग सार्वजनिकको एजेण्डाले पाटी र नेताहरुलाई थप उत्तरदायी बनाउन खोजिएको भन्दै उनको कृष्णपुरका अधिकाँस नेताहरुले सर्मथन जनाएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply