हात्तीको आतङ्क कायमै: किसानका बाख्रा मारिदियो

१४ कात्तिक धनगढी –
लालझाडीमा हात्तीको बथानले मानिसदेखि अन्नबाली, भौतिक सरचना सहित पशुमा समेत क्षति गरेकोे छ । बुधबार पनि लालझाडी गाँउपालिका वडा नम्बर ४ पर्सियाका किसानका बाख्रा मारिदिएको छ ।

तिहारका लागि तयार पारिएका बाख्रा हात्तीको बथानले कुच्चिएर मारिदिएपछि किसान मारमा परेका छन । स्थानीय रमेश रानाका २, अनोखा रानाका १, आस्था रानाको १, गुडड्डी रानाको १ र महमती रानाको १ बाख्रा कुल्चिदिएर मारिदिएको छ ।

गत असोजदेखि जंगली हात्तीले लालझाडीमा रामदल रानामाथि आक्र्रमण गरेर मारिदिएपछि यता दैनिक हात्तीको आतङ्क कायमै हुँदा समेत स्थानीय सरकारले कुनै वास्ता नराखेको भन्दै नागरिक रुष्ट भएका छन । हात्तीको आक्र्रमणबाट मानिस, जनावर, अन्नबाली, विद्यालय, भौतिक सरचनाघरबासमा क्षति पु¥याउँदा समेत सरकारलाई वास्ता नभएको भन्दै नागरिक रुष्ट रहेका हुन । उनीहरुले हात्ती रोकथामका लागि प्रयास गरिदिन स्थानीय सरकार लाई गुहार मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply