रानिखाेला ग्रामीण बिधुत सहकारीको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

गणेश क्षेत्री
पुष २२ धनगढी
कैलाली – रानिखोला ग्रामीण बिधुत सहकारी संस्था लिमिटेड को १६ औं बार्षिक साधारण सभा टीकापुर नगरपालिका वडान ६ मा सप्पन्न भएको छ ।
सहकारी का अध्यक्ष रामकृष्ण चौधरी को सभापतित्वमा भएको कार्यक्रम मा टीकापुर नगरपालिका वडान ६ का अध्यक्ष बलिराम चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा वडान ५ का अध्यक्ष लालबिर चौधरी रहनुभएको थियो

प्रमुख अतिथि बलिराम चौधरी ले बिधुत चुहावट रोक्नु बिधुत उत्पादन को सरह भएको बताउनुभयो ! चौधरी ले खाना पकाउने ग्याँस को प्रयोग लाइ कम गरेर बिधुतिय चुल्हो को प्रयोग गरेमा प्रयोग भएको बिधुतको रकम समुहमै जाने र अझै ग्याँस किन्न बिदेशिने पैसा समेत स्वदेशमा रहने हुनाले बिधुतको प्रयोगमा जोड दिनुभयो

प्रमुख अतिथि बलिराम चौधरी र विशिष्ट अतिथि लालबिर चौधरिले सहकारी को भवन निर्माण को लागि वडाले सक्दो सहयोग गर्ने बताएका थिए
अतिथि टेकराज पन्तले सहकारी ले समाजमा गरेका क्रियाकलाप हरु सर्हानिय भएको बताउनुभयो

अर्का विशिष्ट अतिथि लालबिर चौधरी ले बत्ति पंखा अनावश्यक बालेर छोडनाले पनि आर्थिक भार थपिने बताउनुभयो ! चौधरी ले बिधुत सहकारी को क्रियाकलाप संतोषजनक रहेको र अब आगामी दिनमा समाजसेवी सहकारी को रुपमा अग्रसर हुनुपर्ने बताउनुभयो
कार्यक्रम मा सहकारी को

आर्थिक प्रतिबेदन लेखा संयोजक रामकृष्ण चौधरी ले प्रस्तुत गर्नुभएको थियो ! चौधरी ले सहकारी ले१ लाख ६५ हजार ४ सय ५३ रुपैयाँ मुनाफा कमाउन सफल भएको बताउनुभएको थियो

सभापति रामकृष्ण चौधरी ले सहकारी लाइ ट्रान्सफर्मर किन्न सहयोग गरेको र बिधुतको विषयमा सहयोग गरेकोले ६ नम्बर का वडा अध्यक्ष बलिराम चौधरी र वडान ४ का अध्यक्ष लालबिर चौधरी लाइ दोसल्ला र सम्मानपत्र सहित सम्मान गर्नु भएको थियो

कार्यक्रम को स्वागत उपाध्यक्ष प्रेम चौधरी ले गर्नुभएको थियो भने सन्चालन कर्मचारी बिशाल चौधरी ले गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply