टिकापुर : थारू संस्कृति संरक्षणमा सहयोगी बन्दै ‘माघी मिलन कार्यक्रम’

गणेश क्षेत्री /
पुष २७ धनगढी-
थारु संस्कृति तथा माघिमिलन कार्यक्रम टीकापुर नगरपालिका वडान ८ बटनपुर मा हुने भएको छ

माघ १६ र १७ गते हुने साँस्कृतिक कार्यक्रम को लागि पुर्ब तयारिको लागि आज बृहत छलफल तथा भेला सप्पन्न भएको छ

नेपाल आदिवासी जनजाति महासंघको वडा समन्वय परिषद का संयोजक जितराम चौधरी ले थारुहरुको कला संस्कृति को जगेर्ना गर्ने र सद्भाव कायम राख्ने उदेश्य ले कार्यक्रम को आयोजना गर्न लागिएको बताउनुभयो

चिसो को मौसममा मनोरंजन त हुनेनैछ थारुहरुको कला संस्कृति लाइ सबैले नजिक बाट नियाल्ने अवसर पनि सबैले पाउने संयोजक जितराम चौधरी को भनाइ रहेको छ

साथै सांस्कृतिक कार्यक्रम लाइ सफल पार्न सचिबालय , समिति र उपसमिति समेत गठन गरिएको छ

सचिबालय मा अजय चौधरी , बिक्रम चौधरी , सिताराम चौधरी , प्रकाश चौधरी , छपिलाल चौधरी र माधब चौधरी रहेका छन् भने
सल्लाहकार मा संयोजक भौना चौधरी र सदस्यहरुमा ठग्गु चौधरी ,कृष्ण गोपाल चौधरी , फुलकुमारि चौधरी , देसराज चौधरी रहेका छन्
दुइदिन चल्ने थारु सांस्कृतिक कार्यक्रम मा सखिया , झुम्रा , मघौटा , धमार हुर्दुङ्वा लगायतका प्रस्तुति रहने छ भने रास्ट्रिय स्तरका थारु कलाकार लाइ समेत बोलाउने तयारि भइरहेको संयोजक जितराम ले बताउनुभयो

आर्थिक सहयोग को लागि बिभिन्न संघ संस्था लाइ आग्रह गरिएको र चिट्ठा कार्यक्रम समेत गर्न लागेको र प्रथम पुरुस्कार नगद १० हजार , द्वितीय ५ हजार र तृतीय ३ हजार र ७ जनालाई नगद १ हजार को दरले सान्तवना रासि रहेको छ भने नृत्य मा प्रथम हुनेलाइ ५ हजार द्वितीय लाइ ३ हजार ५ सय र तृतीय हुनेलाइ २ हजार ५ सयको दरले पुरुस्कार स्वरुप प्रदान गरिने छ भने प्रत्यक सहभागी टिमलाई पनि १ हजार ५ सय को दरले नगद प्रदान गरिने आयोजक ले बताएका छन्

बेत र बाँस चित्तल र ,अजिङ्गर को लागि चर्चित सत्ति कर्णाली सामुदायिक बनका अध्यक्ष समेत रहेका जितराम चौधरी ले थारु कला र संस्कृति लाइ समेटियर गर्न लागेको बृहत थारु सांँस्कृतिक कार्यक्रमलाइ सबैले सहयोग गर्नुपर्ने बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply