कृष्णपुर–७ को वडा कार्यालय परिसरमा सरसफाइ अभियान

हेमा भट्ट, भदौ २९
कञ्चनपुर-कृष्णपुर नगरपालिका वडा नं. ७, कलुवापुरस्थित वडा कार्यालय आज बिहानदेखि सरसफाइ अभियानले गुञ्जायमान बन्यो। स्थानीय बुद्धिजीवी, समाजसेवी, युवा र जनप्रतिनिधिहरूको संयुक्त पहलमा कार्यालय परिसर सफा–सुग्घर बनाइयो।

जेन-जि आन्दोलनका क्रममा क्षतिग्रस्त भएको वडा कार्यालय आजदेखि सरसफाइ अभियानसँगै पुनः सञ्चालनमा आएको छ।

वडा अध्यक्ष घुम्न रानाले रैकवार खबर दैनिकलाई भने, वडा कार्यालय केवल सेवा दिने ठाउँ होइन, यो हाम्रो साझा घर हो। यसको रक्षा र सरसफाइ हामी सबैको कर्तव्य हो। नेतृत्व आज मेरो छ, भोलि अर्को कसैको हुनेछ, तर जनता सधैं माथि हुन्छन्।

कार्यक्रम बिहान ९ बजेदेखि सुरु भएको थियो। युवाहरूले झाडू, कुचो र सरसफाइ सामग्री बोकेर सक्रिय सहभागिता जनाए। बुद्धिजीवी, नेपाल प्रहरी, समाजसेवीले पनि हातेमालो गर्दै कार्यालय प्राङ्गण सफा गरे। स्थानीयवासीले यसलाई केवल सरसफाइ नभई विकास र ऐक्यको नयाँ शुरुवातका रूपमा लिएका छन्।

कलुवापुरका एक समाजसेवीले भने, “कार्यालय निरन्तर सञ्चालन हुनुपर्छ, यसैबाट जनताको सेवा सुचारु हुन्छ।”

सरसफाइ अभियानपछि कार्यालय परिसर जीवन्त बनेको छ। कार्यक्रममा सहभागीहरूले यसलाई कुनै साधारण गतिविधि नभई नयाँ ऊर्जा, सहकार्य र भविष्यको प्रतिज्ञाका रूपमा लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply