सुदूरपश्चिम महोत्सवमा आज यी कलाकारहरु आउँदै

मंसिर २८
कैलालीको उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको आज (आइतबार) सातौँ दिन हो ।

आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति रहने छ ।

आयोजक कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार आजको कार्यक्रममा रचना रिमाल,चक्र बम, गुड्डु ओली, रोहित ढुंगाना,निरज विक, सरस्वती धामी लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ। कलाकारहरूले आधुनिक, लोक तथा देउडा गीत–संगीतमार्फत दर्शकलाई झुमाउने आयोजकको अपेक्षा छ।

हरेक दिन फरक–फरक विधाका कलाकारको प्रस्तुति रहने भएकाले महोत्सव स्थलमा दर्शकको उल्लेख्य उपस्थिति देखिँदै आएको छ।

मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply