दसैँ मनाउन उपत्यकाबाट तीन लाख यात्रु बाहिरिए

असोज ३० । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। घटस्थापनादेखि बिहीबारसम्म तीन लाख यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

नयाँ बसपार्कबाट सामान्य अवस्थामा दैनिक करिब २०० बस बाहिरिने गरेकामा दसैँ सुरु भएपछि यो सङ्ख्या बढेर ४५० पुगेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बताउनुभयो। गोङ्गबु बसपार्कबाट दैनिक २५० माइक्रोबस बाहिरिने गरेका छन्, जुन सामान्य अवस्थाको तुलनामा दोब्बर हो।

नागढुङ्गा, जगाती, माछापोखरी र बल्खुलगायतका नाकामा सवारी चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ। अष्टमीसम्म यात्रुको चाप अझै दोब्बरले बढ्न सक्ने प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो।

यातायात व्यवसायीले आधिकारिक काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न आग्रह गरेका छन्। वर्षाका कारण क्षतिग्रस्त सडक र ट्राफिक जामले बस निर्धारित समयमा गन्तव्यमा पुग्न कठिनाइ भइरहेको व्यवसायीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *