असोज २० । अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा रहेका बेला नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करण आगामी फागुन १ गतेदेखि आयोजना हुने भएको छ। प्रतियोगिता करिब चार महिनासम्म सञ्चालन गर्ने तयारी छ।
लिगमा नेपाल सुपर लिगका सात टोली काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन्।
एनएफएलका अध्यक्ष कल्याणले नयाँ सोचका साथ प्रतियोगिता अघि बढाउन लागिएको बताउनुभएको छ। प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन विभिन्न सहरका टोली समेट्ने तयारी गरिएको छ।
रङ्गशालाको उपलब्धतालाई ध्यानमा राखेर खेल होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ।
