बडादसैँको सातौँ दिन आज घरघरमा फूलपाती भित्र्याइँदै

असोज ३१ । बडादसैँको सातौँ दिन आज घरघरमा फूलपाती भित्र्याइँदै छ। यस अवसरमा नवदुर्गामध्ये सातौँ स्वरूप देवी कालरात्रिको विशेष पूजा आराधना गरिँदै छ।

फूलपातीलाई नौ प्रकारका पवित्र वनस्पति तथा पालुवाको सम्मिश्रणका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार यसमा केरा, अनार, धानको बाला, हलेदो, उखु, बेलपत्र, अशोकलगायत वनस्पति समावेश हुन्छन्।

ऐतिहासिक परम्पराअनुसार गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइन्छ। यस अवसरमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ।

धार्मिक कथनअनुसार देवी दुर्गाले रक्तबीज नामक असुरको वध गर्न कालरात्रिको रूप धारण गर्नुभएको थियो। देवीको पूजा आराधना गर्दा भय, रोग र नकारात्मकताबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

फूलपाती भित्र्याउने परम्पराले बडादसैँको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *