दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

कात्तिक २ । दसैँका बेला सार्वजनिक यातायातको अभाव कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ।

सर्वसाधारणको सहज आवतजावतका लागि सञ्चालन गरिएको सेवा आजदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उपलब्ध हुनेछ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बस बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा पुग्नेछ। अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई सेवा दिनेछ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार दसैँमा सार्वजनिक यातायात कम चल्ने अवस्थालाई ध्यानमा राखेर नागरिकलाई सहज यात्रा सुविधा दिन निःशुल्क बस सेवा सञ्चालन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *