कात्तिक २३ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २१७ रन बनायो।
पोखराका युवराज सम्राले ४८ बलमा १० चौका र छ छक्कासहित १०२ रनको शतकीय पारी खेले। कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्काको मद्दतले ६२ रन बनाए। त्यस्तै चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन जोडे।
बलिङतर्फ कर्णालीका सोमपाल कामीले दुई तथा मार्क वाटले एक विकेट लिए।
लक्ष्य पछ्याएको कर्णालीले जवाफी ब्याटिङको पाँच ओभरमा दुई विकेट गुमाएर ४९ रन बनाएको छ।
