कञ्चनपुरमा ९.७२० ग्राम खैरो हेरोइनसहित कैलालीका दुई युवक प-क्राउ

हेमा भट्ट,कार्तिक २९
कञ्चनपुर – कञ्चनपुर प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित कैलालीका दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार २०८३ साल कात्तिक २८ गते इलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी पचुईबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका-८, पचुई क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-२ निवासी २५ वर्षीय प्रकाश साउद र २२ वर्षीय कृष्णबहादुर साउद रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ९.७२० ग्राम अवैध लागूऔषध (खैरो हेरोइन), सुदूरपश्चिम प्रदेश ०१-०१०८ प ६८ नम्बरको मोटरसाइकल एक थान र मोबाइल फोन एक थान बरामद गरेको जनाएको छ।

बरामद लागूऔषध तथा अन्य सामग्रीसहित पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जारी गरेको प्रेस विज्ञप्तिअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *