सुनको मूल्य एकैदिन ३ हजार ३०० रुपैयाँले घट्यो

मङ्सिर ३ । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला तीन हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले सस्तिएको हो।

मूल्य घटेसँगै छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ३३५ रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ९०० रुपैयाँ र चाँदी तीन हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *