राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी

२१ फागुन धनगढी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ।

आइतबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए।

बैठक पार्टीका सभापति रवि लामिछानेको निवास हात्तीगौंडामा बसिरहेको छ।

संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।

अहिले बिहान प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसिरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विकसित पछिल्लो राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाएको हो।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन्।

उनीहरू बालुवाटार पुगे पनि गठबन्धन बैठक भने बस्ने, नबस्ने टुंगो नलागेको एक नेताले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply