कञ्चनपुरका वाढीपीडितको चिन्ता…

धनगढी असार २७
यस बर्ष बर्षातको शुरुवातमै भिषण बर्षा भएपछि कञ्चनपुरमा वाढीडुवानले ताण्डप मच्चाएको छ । भिषण बर्षातले वाढी, डुवान कटान, लगायत भौतिक सरचनामा क्षति पु¥याएको छ ।

हजारा खोलाले पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत सुडा क्षेत्रमा पुल भत्काएपछि आवत जावतमा प्रभाव पारेको छ । राजमार्गको उत्तर भएर वैकल्पिक मार्ग प्रयोग गरेपनि मालबहाक सवारी साधन संचालनमा कठिनाई भएको छ । वाढीबाट विस्थापितहरु क्रमिक रुपमा घर फर्किन थालेका छन ।

वाढीले घरमा वितण्डा मच्चाएर आश्रय लिन सुरक्षित स्थान आएका वाढीपीडितलाई सुरक्षित घर फर्किने चिन्ता नै छ । वाढीले घर पुरै चुर्लुम्म डुबेपछि घरमा भएका अन्न(खाद्यान्न, लुगाफाँटो सहितका समाग्री नष्ट भएका पीडितलाई घर फर्किन समस्या भएको छ । आश्रय स्थलबाट घर फर्किएपनि उनीहरुलाई अब दैनिक गुजारा चलाउन चिन्ता भएको छ ।

जगबुढा नदीबाट विस्थापित भएकी दोधराचाँदनी नगरपालिका १० शान्ति टोलकी सुनिता सार्कीले वाढीले घरमा भएको सबै समान नष्ट गरिदिएको बताईन । ‘घरमा वाढी पस्यो, हामीहरु ज्यान जोगाउन अम्बिका माविमा दुई रात विताए, घरको सबै अन्न बिजेर नष्ट भएको छ, अब खाने के, आश्रय स्थलमा त खाना दियो, घरमा गएर दैनिक छाककै चिन्ता छ ।’

शान्ति टोलकी अर्की स्थानीय सन्जु लुहारले पनि घरमा भएको अन्न नष्ट भएको बताउँदै दैनिक गुजारा चलाउन मुस्किल पर्ने बताईन । ‘घरमा भएको राशन अन्न सबै वाढीले भिजेर नष्ट भएको छ, घर पनि भत्काईदियो, घर बनाउने कि अब राशन किनेर खाने पैशा छैन ।’

सरकारले आफुहरु जस्ता वाढीपीडितलाई राहत दिने विषयमा ध्यान दिनुपर्ने उनको माग छ । दोधाराचाँदनी नगरपालिका १० सुर्खेती टोलका स्थानीय मोहन सुनारले भएको अन्नबाली वाढीले नष्ट गरिदिएको बताए ।

हाम्रो गाँउ महाकाली र जगबुढा नदीको संगम स्थलमा छ, ‘उनले भने, ‘हामी कटानी र वाढीको मारमा सदैब छौँ ।’ उनले दुवै नदी नियन्त्रणका लागि बलियो तटबन्ध निर्माण नहुँदासम्म वाढीबाट हरेक बर्ष विस्थापित हुनुपर्ने बाध्यता कायमै हुने बताए ।

चौधर नदी गाँउपसेपछि भएको अन्न भिजेर नष्ट भएको भन्दै बर्षभरी कसरी गुजारा चलाउनेमा बेलडाँडी गाँउपालिका ५ ईमलियामा रतुनलाल रानालाई चिन्ता छ ।

चौधर नदी गाँउपसेपछि घर छाडेर ज्यान जोगाउन सुरक्षित स्थानमा सरेका रानाको परिवारलाई अहिले घर फर्किएपनि गुजारा चलाउन चिन्ता भएको छ । रानाले बर्षभरी खानका लागि भएको धान, गहुँ भिजेर नष्ट भएको र किन्नलाई पैशा नभएको दुखेसो पोखेका छन । ‘हामी किसान मान्छे, बर्षभरी खानका लागि घरमा अन्न थियो, ‘उनले भने, ‘वाढीले भिजेर नष्ट भयो, अब के खाने हामीले कसरी बाँच्ने ।’

दोदा नदीबाट विस्थापित भएका पुनर्वास नगरपालिका ५ सिमरीका शान्ति रानाले घरमा पानी कम भएपछि जिल्लाका स्थानीय सरकारले घरमा पुर्ण अन्नबाली नष्ट भएका परिवारकोे विवरण संकलन गरेर खाद्यान्नका लागि पहल गरिने बताएका छन ।

दोधाराचाँदनीका मेयर किशोर कुमार लिम्बुले वाढीले घरमा भएका पूर्ण खाद्यान्न नष्ट भएका परिवारको एकीन विवरण संकलन गरेर खाद्यान्न वितरण गरिने बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले वाढीविस्थापित घर फर्किनेक्रम जारी रहेको बताए । मंगलबारसम्ममा ४ हजार मानिस घर फर्किसकेका छन । भने अब झण्डै २ हजार मात्रै सुरक्षित स्थानमा बसेका छन । कञ्चनपुरमा १हजार १सय ३१ घरपरिवारका नागरिक विस्थापित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply