राजधानीको मुटुमा पर्यटकको नयाँ आकर्षण: स्काईवाक नेपाल

स्वेता भट्ट २८ चैत २०८१
काठमाडौं,— नेपालको पहिलो सुन्दर मनमोहक बिशेस आकर्षण स्काईवाक ‘स्काईवाक नेपाल’ आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि प्रमुख मनोरन्जनात्मक गन्तव्य बन्दै गएको छ। ‘वन्डर्स नेपाल’ कम्पनीको यो परियोजना मनोरञ्जन, अध्यात्म र रोजगारको संयोजनका रूपमा स्थापित भएको छ।

२ सय ५६ फिट अग्लो संरचनाबाट उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने स्काईवाक नेपालले विश्वस्तरीय सुविधा, खुद्रा पसल, रेस्टुरेन्ट, कफी सप,जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ। हाल बन्जी जम्पको तयारी भइरहेका कारण साहसिक गतिविधिमा रुचि राख्नेहरूका लागि यो स्थल थप आकर्षण बन्ने देखिन्छ।

प्रत्येक सातामा आयोजना हुने योग कक्षाहरू र अन्तर्राष्ट्रिय योग दिवसमा सम्पन्न सयपटक सूर्य नमस्कारजस्ता कार्यक्रमहरूले स्काईवाकको आध्यात्मिक महत्वलाई पनि बल दिएको छ।

यद्यपि परियोजनाले कर तिरेको र सयौं जनालाई रोजगारी दिएको दाबी गरे पनि सरकारले हालसम्म कुनै सहयोग नगरेको स्काईवाक नेपालका चेयरमेन तेज सिंहको भनाइ छ। “राज्यले हामीलाई अभिभावकको व्यवहार दिएको छैन,” उनले भने।
विशेष छुट पाउन सम्बन्धित परिचयपत्र अनिवार्य छ। बालबालिका, जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरू सक्षम अभिभावकको साथमा टावर प्रवेश गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply