फरार प्रतिवादी आचार्य अत्तरियाबाट प!क्राउ

असाेज,५
धनगढी – कैलालीको गौरीगंगा नगरपालिका-३ स्थित केदारेश्वर सामुदायिक वन उपभोक्ता समितिको कार्यालय भवनमा भएको आगलागीसम्बन्धी आपराधिक उपद्रव मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गौरीगंगा-३ का ३२ वर्षीय शिव शंकर आचार्यलाई सोमबार साँझ गोदावरी नगरपालिका-१, अत्तरिया बजारबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार अत्तरिया बजार क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला परेपछि प्रहरी सहायक निरीक्षक मदनबहादुर जेठाराको कमान्डमा खटिएको टोलीले आचार्यलाई नियन्त्रणमा लिएको हो।
केदारेश्वर सामुदायिक वन उपभोक्ता समितिको कार्यालय भवनमा २०८३ असार ६ गते राति करिब २ः३० बजे आगलागी भएको घटनासम्बन्धी अनुसन्धानका क्रममा उनीविरुद्ध आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका आचार्यलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ।
फरार प्रतिवादीको खोजीलाई निरन्तरता दिँदै प्रहरीले शंकास्पद गतिविधिमाथि निगरानी बढाएको र घटनाको थप अनुसन्धान अघि बढिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *