बाजुरामा ट्याक्टर १५० मिटर तल खस्यो, चालक घाइते

मंसिर ३
बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिका-९ अंगाउपानीस्थित मार्तडी-कोल्टी सडक खण्डमा राति ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। मार्तडीबाट कोल्टीतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

मंसिर २ गते राति करिब ८ बजे सुपप्र ०१-००२ त ४२४३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। ट्याक्टर कैलालीको घोडाघोडी नगरपालिका-१० निवासी २६ वर्षीय जमुना थारुले चलाएका थिए। दुर्घटनाको सूचना राति ८:२० बजे अस्थायी प्रहरी पोस्ट पाण्डुसैनमा पुगेपछि प्रहरी हवल्दार राम सिंह धामीको कमाण्डमा चार जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।

प्रहरी टोली घटनास्थल पुग्दा ट्याक्टर सडकबाट करिब १५० मिटर तल खसेको अवस्थामा फेला परेको थियो। चालकको बाहिरी चोटपटक नदेखिए पनि भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रारम्भिक विवरण छ। घाइते चालकलाई तत्काल पाण्डुसैन स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको र दुर्घटनास्थल अस्थायी प्रहरी पोस्ट पाण्डुसैनबाट करिब ५०० मिटर पूर्वतर्फ रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी छ। रातिको समयमा जोखिमपूर्ण पहाडी सडकमा भएको यस दुर्घटनाले सवारीसाधनको गति नियन्त्रण, चालकको सतर्कता र सुरक्षित यात्राको आवश्यकतालाई पुनः उजागर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *