स्थित नागबेलीमा ठाकुरानी तामाङको बारीमा फुल्दै गरेको बुद्धचित्तको रुख अज्ञात समूहले काटेका

३० चैत धनगढी
काभ्रेको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा ठाकुरानी तामाङको बारीमा फुल्दै गरेको बुद्धचित्तको रुख अज्ञात समूहले काटेका छन् । बुद्धचित्त माला पाक्न असार महिनाभरि लाग्छ, अहिले फुल खेल्दै थियो ।

काभ्रेको सबैभन्दा महँगो कहलिएको बुद्धचित्तको सो रुख ४ वर्षअघि लुटिएको थियो । २०७७ असार १२ मा ५० जना मुखुण्डो धारीहरुले माला कुर्न बसेका १५ जनालाई कब्जामा लिएर माला लुटेर भागेका थिए । त्यसबेला उनीहरूले ४ बोला माला लिएर भागेका थिए । त्यसबेला पनि घटनास्थल र रुख भएको ठाउँ नजिकै खाल्टेमा बम राखेका थिए । लुटेरा समूहले त्यसबेला एक राउन्ड गोली पनि चलाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

त्यसबेला बुद्धचित्तको दाना काभ्रे घर भएका दुर्गालाल तामाङ र मानबहादुर तामाङले ठेक्का लिएका थिए । उनीहरुले ९० लाखमा किनेको सो रुखको दानाको मूल्य अहिले तेब्बर भैसकेको छ ।

यसपाला बुद्धचित्तको दाना काभ्र्रे ठुलोपर्सेल घर भएका पासाङ दोर्जे तामाङ्ग र बनेपा बस्ने समिप त्रिपाठीले सम्झौता गरेका थिए । ठाकुरानी तामाङलाई उनीहरूले बैनाबापत ५० लाख नगद बुझाइसकेका छन् । उनीहरूभन्दा माथिल्लो तहमा चिनियाँ नागरिक छन् । चिनियाँ घाउले माला खरिद गरेर चिन लैजाने सम्झौता गरेका छन् ।

सिपालीको सो माला कुल ३ करोड लेनदेन गर्ने सम्झौता भएको छ । ५ वर्षसम्म माला किन्नेगरी सम्झौता भएको पासाङ दोर्जे तामाङले रातोपाटीलाई बताए ।

रुख काट्ने समूहले राखेर हिँडेको ४ वटा सकेट बम निष्क्रिय पारिएको काभ्रेकी एसपी वसुन्धरा खड्काले जानकारी दिइन् । उनले भनिन्–‘रुख काट्नेहरूबारे अनुसन्धान हुँदै छ ।’

याे पनि
बुद्धचित्तको रुख काटेको घटनामा सोधपुछका लागि एक जना नियन्त्रणमा

काभ्रेको सिपालीमा बुद्धचित्तको रुख काटियो, सकेट बम राखेर आरोपीहरू फरार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply