कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माण कार्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले अवरोध गरेको स्थानमा डोजर लगाएर काम शुरु

१ जेठ धनगढी
कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माण कार्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले अवरोध गरेको स्थानमा डोजर लगाएर काम शुरु गरिएको छ ।

गत बर्ष निकुञ्ज प्रशासनले सेना लगाएर विमानस्थलको काम अवरोध गरेको रत्न बाटिका क्षेत्रमा डोजर लगाएर पुन काम शुचारु गरिएको हो ।

सोमबार विमानस्थल निर्माणको जिम्मा पाएको कान्छाराम कुमार श्रेष्ठ एण्ड कम्पनी जेभीले डोजर लगाएर एक बर्षदेखि रोकिएको काम शुरु गरेको छ ।

मझगाँउ विमानस्थल पुन सचालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले निकुञ्ज प्रशासनले झण्डै ३ सय ४० मिटर लम्बाई क्षेत्रमा नेपाली सेना लगाएर काम अवरोध गरेपछि अवरोध गरिएको विषय एक बर्ष कुर्दा समेत कुनै पहल नभएपछि जनताको उपस्थितिमा निर्माण कम्पनीका डोजर मार्फत माटो भरान कार्य शुरु गरिएको बताए । ‘अहिले हामीले रत्न बाटिका क्षेत्रमा अवरोध गरेको स्थानका काम शुरु गरेका छौँ, ‘उनले भने, ‘अब काम निरन्तर अघि बढ्छ कसैले रोक्ने खोजे त्यो विकास बिरोधी हुन्छ ।’

मझगाँउ विमानस्थल पुन सचालन समितिका संचार संयोजक ज्ञानेन्द्र महताले विमानस्थलको दक्षिण तर्फ रहेको रत्न बाटिका र नेपाली सेनाले चर्चेको जमिन सहित लिएर धावनमार्ग निर्माण गर्ने योजना भएपनि गत बर्षदेखि सेनाले अबरोध गरेपछि रोकिएको काम शुरु भएको बताए । उनले अवरोध गरिएको स्थानमा उतापट्टी नेपाली सेना यतापट्टी आफुहरुको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले घेराका विच अवरोध गरिएको काम पुन शुचारु गर्नुपर्ने बाध्यता आएको भन्दै यसमा निकुञ्ज प्रशासनले जिम्मेबार बन्नुपर्ने बताए ।

मझगाँउ विमानस्थल पुन सचालन समितिका अध्यक्ष रमेश चन्द(ठकुरी)ले जनताले विकास चाहिरहेका बेला सेना, निकुञ्जले अवरोध भन्दा सहजिकरण गरेर जनमुखी बन्नुपर्नेमा जोडदिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा पर्ने रत्नबाटिकाको भोगाधिकार सहित ईआईए गरेर काम गनुपर्ने जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी मनोज ऐ्रले भोगाधिकार बिनै काम शुरु गर्न थालेपछि रोकिएको र निकुञ्ज कार्यालयले सो विषयमा राय सहित मन्त्रालय पठाएको बताए ।

२७ बर्ष नियमित संचालन भई २२ बर्षसम्म बन्द रहेको मझगाँउ विमान स्थल ०७८ देखि निर्माण कार्य शुरु भएको थियो । झण्डै २३ बर्षदेखि बन्द रहेको मझगाँउ विमानस्थल शुचारु हुने भएको थियो । ०३० सालदेखि ०५६ सालसम्म संचालनमा रहेपनि सरकारले सुरक्षाको कारण देखाएर ०५६ सालदेखि ०८१ हालसम्म बन्द रहेको छ ।

नेपाल नागरिक उड्यान प्राधिकरण एरोड्रम ईन्जिनियरिङ्ग विभागले ४५ करोड, ६६ लाख, २४ हजार, ७१४ रुपैयामा रनवेय सहितका अन्य कार्यका लागि कान्छाराम केएस उमा एण्ड कम्पनी जेभीले ठेक्का पाएको थियो ।

तत्तकालिन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले कञ्चनपुरको मझगाँउ विमानस्थलको रनवेय बृद्धि गर्नुपर्ने बताउँदै पुर्व मन्त्री मगरले भविष्यलाई दुरदृष्ट्रिगत राख्दै हाल साविक रहेको १५ सय २५ मिटर बृद्धि गरेर २५ सय मिटर लामो रनवेय बनाउनुपर्ने बताएका थिए । झण्डै ६६ विगाह क्षेत्रफल र १५.२५ मिटर लम्बाई रहेको बिमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ ।

५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ । निर्माण कम्पनीले हालसम्म झण्डै ९सय ६०मिटर रनवेयको बेस तयार गरिसकेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply