कांग्रेस बैतडीले ‘दैलाे अभियान’ सञ्चालनमा

७ जेठ धनगढी
कांग्रेस बैतडीले ‘दैलाे अभियान’ सञ्चालनमा आएकाे छ । अभियानकाे नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले गर्नुभयाे। पञ्चेश्वर गाउँपालिका ४ सैलाेडाबाट अभियानकाे शुभारम्भ गरिएको हाे । अभियानको शुरुवात गर्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले नेपाली कांग्रेसको संगठनलाई विस्तार गर्न र मजबुत बनाउन अभियान सञ्चालन गरिएको बताउनुभयाे ।

१२० दिनसम्म सञ्चालन हुने दैलाे अभियान पञ्चेश्वर गाउँपालिकाबाट शुरू भएकाे र पुर्चाैडी नगरपालिकामा सम्पन्न हुने नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिनुभयाे। उक्त अभियानकाे नाम ” १२० दिने पञ्चेश्वर-पुर्चाैडी दैलाे अभियान” राखिएको छ । अभियानमा जिल्लाका पदाधिकारी,प्रदेश क्षेत्रीय समितिका पदाधिकारी,पालिका,वडा,टाेल कार्यसमिति, पार्टीबाट निर्वाचित जनप्रतिनिधि सहभागी हुनेछन् । पैदल रूपमा सञ्चालन हुने अभियानमा गाउँमै तथा टाेलबस्तीमै बास बस्ने,जनतासँग प्रत्यक्ष भेटघाट, किसानहरूसंग खेतबारीमै भेटघाट,विकास निर्माण, पार्टीबारेकाे जनताको धारणा,सुझाव,संगठनकाे अवस्था, भष्टाचारविरूद्धका कुरा उठाउने लगायतका बारेमा छलफल तथा अन्तरक्रिया गरिने जनाइएको छ । यसैबीच दैलाे अभियानका लागि जिल्लाका सबै स्थानीय तहहरूमा संयाेजक र उपसंयाेजक ताेकिएका छन् । दशरथचन्द नगरपालिकामा पूर्व सभापति नरेन्द्रसिंह थापालाई संयोजक र पूर्व सचिव पुरनचन्द्र लेखकलाई उपसंयोजक तोकेको छ । पाटनमा विष्णुदत्त जोशी संयोजक र कोषाध्यक्ष चक्रबहादुर चन्दलाई उपसंयोजक तोकेको छ भने मेलौली नगरपालिकामा जिल्ला सचिव प्रेमबहादुर चन्दलाई संयोजक र देवदत्त भट्टलाई उपसंयोजक तोकेको छ ।

यस्तै पुर्चौंडी नगरपालिकामा अमर धानुकलाई संयोजक र हिमालय बमलाई उपसंयोजक तोकेको सचिव चन्दले जानकारी दिनुभयाे । डिलाशैनी गाउँपालिकामा कर्ण राना संयोजक र विश्राम धामी उपसंयोजक, दोगडाकेदार गाउँपालिकामा जिल्ला सचिव देवराज जोशी संयोजक र क्षेत्रीय सभापति शिवराज भट्ट उपसंयोजक, सुर्नया गाउँपालिकामा उपसभापति बिरबहादुर बिष्ट संयोजक र सहसचिव दिपेन्द्रबहादुर चन्द उपसंयोजक र सिगास गाउँपालिकामा उपसभापति खगेन्द्रसिंह धामी संयोजक र टेक विश्वकर्मालाई उपसंयोजक तोकिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा दिनेशबहादुर चन्द संयोजक र रमेशसिंह भण्डारी उपसंयोजक र शिवनाथ गाउँपालिकामा सहसचिव दशरथ चाँड संयोजक र राजेन्द्रप्रसाद कलौनीलाई उपसंयोजक तोकिएको सचिव चन्दले जानकारी दिनुभयाे ।

अभियान अन्तर्गत एक वडामा कम्ती दुई दिन सम्म अन्तरक्रिया, छलफल र घरदैलो गर्ने योजना रहेको नेपाली कांग्रेस बैतडीले जनाएको छ । अभियानले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउने, कांग्रेसका नेता, कार्यकर्ताहरुलाई सक्रिय बनाउने र पार्टीलाई चलायमान बनाउन सहयाेग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply