हेमा भट्ट
धनगढी – हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा मनाईँदै छ । हरेक बर्ष सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान् श्रीकृष्ण भगवान्ले मारेको सम्झनामा मनाउने पर्व हाे । भाद्र संक्रान्तिका दिनमा ठड्याइएको लिंगो अर्थात् बुढीलाई आज पोलेर बन्ढुनी पर्व अर्थात् बुढी पोल्ने दिनका रूपमा मनाइन्छ । साथै ग्रेटर नेपालको कुमाउ, गढवाल क्षेत्र ( भारतको उत्तराखण्ड ) मा पनि धुमधाम संग मनाईन्छ ।
परम्परागत किंबदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको कथन रहेको छ । यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने गोठला तथा स्थानीयहरूले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझको लिंगो ठड्याई रूखहरू, रूखका हाँगाहरू काटेर एकै ठाउँमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।
यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने गोठला तथा स्थानीयहरूले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझको लिंगो ठड्याई रूखहरू, रूखका हाँगाहरू काटेर एकै ठाउँमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।
द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान् श्रीकृष्णलाई दूधको रूपमा विष खुवाएर मार्न लगाएको थियो । भगवान् श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुसियालीमा यो पर्व मनाउने धार्मिक विश्वास रहेको छ ।
आज गाईवस्तुहरूको गोबर थुपार्ने ठाउँमा काँस, अम्रिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर राख्ने गर्दछन् र बेलुकीपख जलाउने चलन रहेको छ । दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलनसमेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै रोग नलाग्ने धार्मिक विश्वास रहेको छ ।
सदियौँदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्वका रूपमा बन्ढुनी पर्व रहेको छ । हरेक वर्षको भदौ १ गतेदेखि प्रत्येक स्थानीयले आफ्नो गोरु गुहारमा काँडा र झारपातले बेरेर बनाएको बन्ढुनीलाई हरेक वर्षको असोज १ गते साँझ र कतिपय स्थानमा २ गते बिहान ४ बजे धार्मिक परम्पराअनुसार देवताको चोलो निकाली जलाउने परम्परा छ ।
विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । । द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्ण दुध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि भगवान श्री कृष्ण बाँचेको खुशियालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाईने गरिएको गरिएको विश्वास गरिन्छ ।
सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङगोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ। ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन्। दैनिक थप्दा केही स्थानमा निकै ठूलो बुढी बन्ने गर्छन्। गाई गोठालाहरुले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखहरुबाट निर्मित बुढीको पुतनालाई साँझपख जलाउने गरिन्छ। पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलनसमेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै रोग नलाग्ने धार्मिक विश्वास रहेको छ ।