माेहना नदीकटान नियन्त्रण पश्चात् पुनः जाेखीम बन्दै

हेमा भट्ट
साउन १५
कञ्चनपुर,कृष्णपुर नगरपालिका–९ राजघाट स्थित मोहनानदीले तटबन्ध गरेको जमिन कटान गर्दै आएपछि यस समस्याको दीर्घकालीन समाधान तथा कटान नियन्त्रण गर्न जनदबाब गरेका छन् । त्यसका लागि बलियो भौतिक तटबन्ध बनाउनुपर्नेमा स्थानीयको जोड छ । स्थानीय बताउँछन् “कटान रोक्न यहाँ बलियो तटबन्ध बनाउनु पर्छ,दिगो र टिकाउ हुनु प-यो ।” यसअघि कटान नियन्त्रणका लागि गुरुयोजना मार्फत तटबन्ध बनाइएको थियो तर मोहना नदीको बाढीलाई त्यो तटबन्धले थेग्न नसकेर अलिअलि कटान रोकिए पनि फेरि पछि पुरानै हालत हुनसक्ने स्थानीय बताउँछन् ।
लामो समय बितिसक्यो तर सामाधानको लागि खासै पहल हुन सकेको छैन । विगतदेखिको नदी कटानका कारण हालसम्म केही परिवार विस्थापित भइसकेका छन् । कटान र डुवानको समस्या भोग्दै आएको यो बस्ती पूर्वाधार विकासबाट पनि टाढा छ । कटानको समस्या सामाधानका लागि सरोकारवाला निकायबाट अहिलेसम्म ठोस कदम चालिएको छैन । चुनावको बेला नेताले भोट माग्ने थलो मात्रै बनाएको राजघाटका स्थानीयको गुनासो छ ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 32768;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 46;

कैलाली, कञ्चनपुरमा थुपै्र बस्तीहरु पनि यस्तो समस्या भोग्दै आएका छन् । चुरेको फेदी भएर बग्ने नदीहरुले वर्षायाममा तीव्र रुपमा कटान गर्ने गरेका छन् । कटान नियन्त्रणका लागि तटबन्ध निर्माण आवश्यक छ तर कटानबाट जुन मात्रामा क्षति भइरहेको छ त्यसअनुसार तटबन्ध निर्माणका योजनाहरु लागू भएका छैनन् । कटान हुने क्षेत्रको पहिचान गरी तटबन्ध निर्माणका लागि वृहद गुरुयोजना निर्माण गरिन आवश्यक छ ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 42;

जोखिमको क्षेत्र राजघाट, नमुना सामुदायिक वन उपभोक्ता समुह चपरतला पहिचान गरी तटबन्ध निर्माणका योजनाहरु कार्यान्वयन गरिनु पर्छ । स्थानीय तह, प्रदेश र संघ सरकार मिलेर आवश्यक ठाउँमा तटबन्ध निर्माणका योजना कार्यान्वयन गरिनु पर्छ । यसका लागि स्थानीय सरकारको विशेष जिम्मेवारी रहन्छ ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 32768;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply